जिल्ला प्रशासन कार्यालय दाङ देशभरमै उत्कृष्ट – Kanika Khabar
Thursday, March 28Nepali News Portal

जिल्ला प्रशासन कार्यालय दाङ देशभरमै उत्कृष्ट

    मा प्रकाशित

विवेक खड्का
दाङ, असार ११ ।

जिल्ला प्रशासन कार्यालय दाङ देशभरका ७७ वटै जिल्लामध्ये उत्कृष्ट बन्न सफल भएको छ । आर्थिक वर्ष २०७६÷०७७ को वर्षभरको कार्यसम्पादन सम्झौताको मुल्यांकनमा अति उत्कृष्ट अंकका साथ मुलुकभरको स्थानीय प्रशासनभन्दा अब्बल बन्न सफल भएको हो । दाङ प्रशासनले कार्यसम्पादन मुल्याङ्कनमा ए प्लस ग्रेडमा पर्न सफल भएको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए ।
उनका अनुसार गृह सचिव र ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूबीच भएको २०७६÷०७७ को कार्यसम्पादन सम्झौताको मूल्याङ्कनमा जिल्ला प्रशासन कार्यालय, दाङ अति उत्कृष्ट ग्रेडमा पर्न सफल भएको हो ।

यसैबीच, जिल्ला प्रशासन कार्यालय दाङको कार्यसम्पादन उत्कृष्ट बनाउन सहयोग गरेको भन्दै प्रमुख जिल्ला अधिकारी रिजालले जिल्ला प्रशासन कार्यालय दाङका सम्पुर्ण कर्मचारी, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, अन्य कार्यालयका प्रमुख एवं कर्मचारीहरू र सबै सरोकारवालाहरूको सहयोग र सकारात्मक भुुमिकाको लागि हार्दिक आभार व्यक्त गरेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्