तुलसीपुरमा ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु – Kanika Khabar
Sunday, April 27Nepali News Portal

तुलसीपुरमा ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु

    मा प्रकाशित

तुलसीपुर,२ चैत ।

तुलसीपुरमा ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । छत्रेश्वरी गाउँपालिका –२ सल्यान घरभई तुलसीपुर उपमहानगरपालिका–९ गौरीशंकर टोलमा अन्टीको कोठामा बस्ने ९ वर्षीया दीपशिखा वलीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

अन्टी सङ्गिता खड्काको कोठामा बस्ने दीपशिखालाई ठक्कर दिँदा टाउको र मुखमा चोट लागेको थियो । तुलसीपुरका प्रहरी प्रवक्ता सूर्य रानाका अनुसार घाइते बालिकाको घटनास्थलमै मृत्यु भएको थियो ।

तुलसीपुर उपमहानगरपालिका–९ गौरीशंकरण् टोलदेखि अटो भिलेजतर्फ जाँदैगरेको रा १ त ३२३९ नम्बरको ट्याक्टरले पैदलयात्री दिपशिखालाई ठक्कर दिँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्याक्टर इलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा छ । चालक फरार रहेको र खोजीकार्य जारी रहेको प्रवक्ता रानाले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्