नुवाकोटमा ३ वर्षमा विपद्बाट ८३ जनाको मृत्यु – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

नुवाकोटमा ३ वर्षमा विपद्बाट ८३ जनाको मृत्यु

    मा प्रकाशित

कनिका खबर
साउन १२, नुवाकोट
नुवाकोटमा विपद्का विभिन्न घटनाबाट तीन वर्षको अवधिमा ८३ जनाको मृत्यु भएको छ । आर्थिक वर्ष २०७४÷०७५ मा विपद्बाट ३ जनाको मृत्यु भएको थियो भने १ जना घाइते भएका थिए । उक्त वर्ष ३ वटा पक्की र २७ वटा कच्ची घर भत्किएको थियो भने १५ वटा पशु चौपाया मरेका जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । यस्तै आर्थिक वर्ष २०७५÷०७६ मा ७० जना नागरिकले ज्यान गुमाएका थिए भने २ सय ४२ जना घाइते भएका थिए । त्यस वर्ष विपद्को कारण ९ वटा पक्की र ७ वटा कच्ची घरमा क्षति पुग्नुको साथै १ सय ४ वटा पशुचौपाया मरेका नुवाकोट प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक अविनारायण काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार गत वर्ष विपद्बाट १० जनाको मृत्यु भएको छ । ७ जना घाइते भएका छन् । गत वर्ष ७ वटा कच्ची घर र ३ वटा पक्की घरमा क्षति पुग्नुका साथै १० वटा पशुचौपाया मरेका थिए । विपद्बाट ३ वर्षमा ७ सय ६० परिवार प्रभावित भएका भएका छन् भने बाढी र पहिरोका कारण ३ वर्षमा ६ सय ६९ रोपनी खेत र ३ सय ११ रोपनी बारीमा क्षति पुगेको छ । भिरालो जमिन तथा पहाडी संरचनाका कारण नुवाकोटमा विपद्का घटनाहरू बारम्बार हुने गरेको छ । जसबाट सर्वसाधारण त्रसित भइरहेको छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्