पोखरा विश्वविद्यालयले स्थगित परीक्षा भदौ अन्तिम साता सुरु गर्ने – Kanika Khabar
Friday, April 26Nepali News Portal

पोखरा विश्वविद्यालयले स्थगित परीक्षा भदौ अन्तिम साता सुरु गर्ने

    मा प्रकाशित

कनिका खबर
साउन १२, कास्की ।
पोखरा विश्वविद्यालयले कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण स्थगित परीक्षा भदौ अन्तिममा सुरु गर्ने भएको छ । भदौ अन्तिममा सुरु गरेर दशैं अगाडि नै परीक्षा सम्पन्न गरिसक्ने विश्वविद्यालयले एक सूचना जारी गर्दै जनाएको हो ।
सूचनामा लामो दुरीका गाडी भदौदेखि मात्रै खुल्ने र विद्यार्थी देशका विभिन्न भागमा छरिएर रहेकाले भदौ सुरुमा परीक्षा सञ्चालन गर्न नसकिने जनाइएको छ । सूचनामा परीक्षा सञ्चालन गर्दा सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्ड अपनाईने छ ।
सरकारले भदौदेखि विद्यार्थी भर्ना र परीक्षा सञ्चालन गर्ने निर्णय गरेसँगै विश्वविद्यालयले परीक्षा सञ्चालनको तयारी गरेको हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्