नेकपाका दुई अध्यक्ष छलफलमा सक्रिय – Kanika Khabar
Sunday, April 20Nepali News Portal

नेकपाका दुई अध्यक्ष छलफलमा सक्रिय

    मा प्रकाशित

कनिका खबर
साउन १२, काठमाडौं

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज आफ्नै निवास खुमलटारमा आफू निकट नेताहरुलाई बोलाएर छलफल गर्नुभएको छ । नेकपाको स्थायी कमिटी बैठक भोली बस्दै छ । भोली बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा प्रचण्डले आफू निकटका नेताहरुसँग छलफल गर्नुभएको प्रचण्डको नीजि सचिवालयले जनाएको छ । भोलि ११ बजेका लागि स्थायी कमिटीको बैठक तय भएको र एजेन्डाका बारेमा केही छलफल भएपनि गम्भिर कुराकानी भने खासै नभएको प्रचण्डको सचिवालयले जनाएको छ । प्रचण्ड निवास खुमलटारामा प्रचण्ड–माधवकुमार नेपाल पक्षका स्थायी कमिटीका सदस्यहरुको उपस्थिति रहेको थियो । आजै प्रधानमन्त्री निवास बालुवाटारमा पनि नेकपाका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना निकटका नेताहरुसँग छलफल गर्नुभएको छ । दुवै अध्यक्षले आ–आफ्ना पक्षका शीर्ष नेताहरुसँग परामर्श गरेका हुन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्