राजावादीहरूलाई काउन्टर दिन समाजवादी मोर्चाको प्रदर्शन – Kanika Khabar
Sunday, April 27Nepali News Portal

राजावादीहरूलाई काउन्टर दिन समाजवादी मोर्चाको प्रदर्शन

    मा प्रकाशित

काठमाडौँ, १५ चैत्र ।
पछिल्लो समयमा राजावादीहरू सक्रिय भएपछि राजनीतिक दलहरूमा तरङ्ग पैदा भएको छ । राजावादीहरुलाई समाजवादी मोर्चाले काउन्टर दिने गरी आज काठमाडौं केन्द्रित प्रदर्शन गर्दैछन् ।

जसअनुसार मोर्चामा संलग्न रहेका ४ दल मध्ये नेकपा माओवादी केन्द्रले ४ ठाउँबाट प्रदर्शन गर्दैछ भने माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी, नेत्रविक्रम चन्द नेतृत्वको नेकपा र महेन्द्रराय नेतृत्वको नेपाल समाजवादी पार्टीले एक एक ठाउँबाट प्रदर्शन गर्नेछन् ।

जसअनुसार माओवादी केन्द्रले बबरमहल, कुपण्डोल, त्रिपुरेश्वर, सोर्‍हखुट्टे जुलुस प्रदर्शन गर्नेछ भने एकीकृत समाजवादीले मैतिदेवी डिल्लीबजार हुँदै आउनेछ । उता, चन्द नेतृत्वको नेकपाले सुन्धाराबाट प्रदर्शन गर्नेछ भने नेसपाले न्युरोड गेटबाट प्रदर्शन गर्नेछन् ।

अपरान्ह १२ बजेबाट सुरू हुने जुलुस प्रदर्शनी मार्गमा पुगेर सभामा परिणत हुनेछ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्