जनता समाजवादी पार्टीको सिफारिसमा सिटौला प्रतिनिधि सभा सदस्य घोषणा – Kanika Khabar
Thursday, April 16Nepali News Portal

जनता समाजवादी पार्टीको सिफारिसमा सिटौला प्रतिनिधि सभा सदस्य घोषणा

    मा प्रकाशित

कनिका खबर
साउन १२, काठमाडौं

निर्वाचन आयोगले जनता समाजवादी पार्टीको सिफारिसमा लिला सिटौलालाई प्रतिनिधि सभा सदस्यमा निर्वाचित घोषणा गरेको छ । पार्टीका सांसद सरिता गिरीलाई ह्विप उल्लंघन गरेको भन्दै निस्काशन गरिएपछि रिक्त गरेको समानुपातिक तर्फ खस आर्य समूहमा सिटौलालाई पार्टीले सांसद चयन गरेको हो । नयाँ नक्सा संशोधनको पक्षमा पार्र्टीले मतदान गर्न दिएको निर्देशनको अवज्ञा गरेको भन्दै गिरीलाई पार्टीले कारबाही गरेको थियो । गिरीले आफूमाथि गरिएको कारबाही असंवैधानिक भन्दै सांसद पद खारेज नगर्न माग गर्दै सर्वोच्चमा अन्तरिम आदेश माग गर्नुभएको थियो । सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्