मस्र्याङ्दीका जनप्रतिनिधिले आफ्नो एक महिनाको सुविधा पहिरो पीडितलाई दिने – Kanika Khabar
Friday, June 9Nepali News Portal

मस्र्याङ्दीका जनप्रतिनिधिले आफ्नो एक महिनाको सुविधा पहिरो पीडितलाई दिने

    मा प्रकाशित

कनिका खबर
साउन १२, लमजुङ
लमजुङको मस्र्याङदी गाउँपालिकाका जनप्रतिनिधिले एक महिनाको तलव सुविधा गाउँपालिकाका पहिरोपीडितलाई सहयोग गर्ने भएका छन् । गाउँपालिकामा रहेका ४८ जना जनप्रतिनिधिहरुको एक महिनाको सेवा सुविधा पहिरो प्रभावितका लागि जम्मा गर्ने निर्णय भएको गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष अर्जुन गुरुङका अनुसार ४८ जनाको सेवासुविधा बापतको रकम ७ लाख ४२ हजार गाउँपालिकाले स्थापना गरेको प्रकोप व्यवस्थापन कोषमा जम्मा गरिने निर्णय गरिएको छ । उहाँले उक्त रकम बाढीपहिरोमा परी घाइते परिवार, घर पुरिएका तथा घरमा क्षति भएकाको व्यवस्थापन र उपचारमा आवश्यकता अनुसार खर्च गरिने जानकारी दिनुभयो । अध्यक्ष गुरुङका अनुसार मस्र्याङदी गाउँपालिका ३ पल्लोटारीमा साउन ७ गते विहान आएको पहिरोले २१ घर बगाएको छ । ५९ घर उच्चजोखिममा रहेकाले विस्थापित भएका छन् । पहिरो प्रभावित हाल विद्यालय, सामुदायिक भवन र आफन्तको घरमा बसेका छन् । पहिरोका कारण सिंगो गाउँका चार सय जना विस्थापित भएको लमजुङका डिएसपी गंगाबहादुर थापाले बताउनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्