बैतडीमा महिलाको नाममा जग्गा दर्ता गर्नेको संख्या बढ्दै – Kanika Khabar
Friday, April 26Nepali News Portal

बैतडीमा महिलाको नाममा जग्गा दर्ता गर्नेको संख्या बढ्दै

    मा प्रकाशित

लक्ष्मण बिसी
साउन १२, बैतडी ।
पछिल्लो समयमा बैतडीमा महिलाको नाममा जग्गा दर्ता गर्नेको संख्या बढ्दै गएको छ । नेपाल सरकारले महिलाको नाममा जग्गा दर्ता गर्दा राजस्वमा समेत छुट दिएकाले महिलाको नाममा जग्गा दर्ता गर्नेको संख्या बढ्दै गएको मालपोत कार्यालय बैतडीका सूचना अधिकारी अनिल चन्दले जानकारी दिए । गत आर्थिक वर्षमा ९१ जना महिलाको नाममा जग्गा दर्ता गराए वापत २ लाख ७७ हजार राजस्व छुट भएको उनले बताए ।
महिलाको नाममा जग्गा दर्ता गरेमा २५ प्रतिशत राजस्व छुट हुने नियम रहेको सूचना अधिकारी चन्दले बताए । महिलाको नाममा जग्गा दर्ता हुने क्रम बढेपछि महिलामाथि हुने हिंसा पनि कम हुँदै जाने महिला अधिकारकर्मीहरुले बताएका छन् । महिलाको सम्पत्तिमा पहुँच नहुँदा हिंसा हुने भएकाले महिलाको नाममा जग्गा दर्ता हुँदै गएपछि महिलामाथि हुने हिंसामा केही कमी आउने अधिकारकर्मी पार्वती भट्टले बताइन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्