६ सय घरपरिवारलाई खाने पानीको व्यवस्था गर्न माग – Kanika Khabar
Thursday, April 16Nepali News Portal

६ सय घरपरिवारलाई खाने पानीको व्यवस्था गर्न माग

    मा प्रकाशित

दाङ, चैत ५ गते । घोराही उपमहानगरपालिका वडा ६ मा रहेको निर्माणाधीन खानेपानी आयोजना अलपत्र परेपछि सो आयोजना निर्माण कार्य सम्पन्न गरी स्थानीयवासीलाई तत्काल खाने पानीको व्यवस्था गर्न घोराही बनाऔँ अभियानले माग गरेको छ ।

अभियानको टोलीले घोराही उपमहानगरपालिका ६ चैनपुरमा रहेको सौडियार २, ३, ४ स्किम नम्बर ४ चैनपुर खानेपानी आयोजनाको स्थलगत अवलोकन गरी यस विषयमा खानेपानी तथा सरसफाई कार्यालय दाङलाई ज्ञापनपत्र समेत बुझाएको छ । उक्त आयोजना अन्तर्गत ६०० बढी घरपरिवार लाभान्वित हुनेछन् । हाल पिउने पानीको व्यापक समस्या झेलिरहेको चैनपुरको वरपर रहेका विभिन्न टोल विकास संस्थाका टोलबासीहरूले पिउने पानीको लागि व्यापक समस्या झेल्नुपरेको छ ।

घोराही बनाऔँ अभियानका संयोजक सविन प्रियासन, चैनपुर खानेपानी समितिका अध्यक्ष हेमराज ओली सहितको टोलीले खानेपानी कार्यालयमा ज्ञापनपत्र बुझाएको छ ।

ज्ञापनपत्र बुझ्दै कार्यालयको तर्फबाट गजेन्द्र बहकरीले यो विषयमा आज नै संघ सरकारमा थप बजेट माग गरी पत्र पठाइने बताउनुभयो । उहाँले दाङका केही आयोजनाहरु अहिले पनि बजेट अभावका कारण पुरा हुन नपाएको र आफूहरू कार्यालयको तर्फबाट आयोजना सम्पन्न गर्न लागि परेको बताउनुभयो।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्