नेकपा स्थायी समिति बैठक आज बस्दै, प्रधानमन्त्री ओली उपस्थित नभए पनि बैठक सञ्चालन गर्ने – Kanika Khabar
Thursday, March 28Nepali News Portal

नेकपा स्थायी समिति बैठक आज बस्दै, प्रधानमन्त्री ओली उपस्थित नभए पनि बैठक सञ्चालन गर्ने

    मा प्रकाशित

कनिका खबर
साउन १३, दाङ ।
पटक पटक स्थगन हुँदै आएको नेकपाको स्थायी कमिटीको बैठक आज बस्ने भएको छ । बैठकको समय बिहान ११ बजे निर्धारण गरिएको छ । यद्यपि पार्टीभित्रको आन्तरिक विवाद टुङ्ग्याउने विषयमा दुई अध्यक्षबीच सहमति जुट्न नसक्दा बैठकको समय बिहान ११ बजे निर्धारण गरे पनि बस्ने नबस्ने निश्चित भने छैन ।
१० असारदेखि जारी स्थायी समिति बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको राजीनामाको विषयले प्रवेश पाएपछि विवाद उत्कर्षमा पुगेको छ । बहुमतका आधारमा स्थायी समितिमा निर्णय गरेर अघि जाने विषयमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता माधवकुमार नेपाल पक्ष छ भने बहुमतकै आधारमा राजीनामाको प्रस्ताव पारित गर्न नदिने रणनीतिमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली रहेका छन् ।
अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले आजको बैठक नरोक्ने र प्रधानमन्त्री सहमतिमा नआए पनि बैठक अघि बढाउने हिजो सहमति गरेका छन् । वरिष्ठ नेता खनालले आजको बैठक नरोकिने बताएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्