बाढीपहिरोले बाग्लुङमा ३ जनाको मृत्यु, लोकमार्ग अवरुद्ध – Kanika Khabar
Thursday, April 25Nepali News Portal

बाढीपहिरोले बाग्लुङमा ३ जनाको मृत्यु, लोकमार्ग अवरुद्ध

    मा प्रकाशित

कनिका खबर
साउन १३, बाग्लुङ ।
अविरल वर्षातका कारण पश्चिम बागलुङमा ३ जनाको मृत्यु भएको छ । बाढिपहिरोका कारण जिल्लाको निसीखोला गाउँपालिका १ हर्पमा एक घर पहिरोले बगाउँदा एक वालकको मृत्यु भएको छ । राति एक बजेतिर घरमाथिबाट आएको पहिरोका कारण कमल परियारको घर पहिरोले बगाएको हो । घर पुरिदा परियारका ३ वर्षीय छोरा तोरणको घटनास्थलमै मृत्यु भएको हो । परियारकी श्रीमतीलाई स्थानीयले उद्धार गरेका छन् ।
तमानखोला गाउँपालिका वडा नं.२ खोलेसबाङमा आएको पहिरोले घर पुरिदा दुई बालबालिकाको मृत्यु भएको छ । गएराति साढे १ बजेतिर सडक भासिएर आएको पहिरोका कारण स्थानीय पानबहादुर बिकका १३ वर्षका छोरा खिमबहादुर र १२ वर्षका छोरी रिताको मृत्यु भएको हो । पान बहादुरकी श्रीमती होमकुमारी घाइते अवस्थामा उद्धार गरिएको छ ।
आज विहान ६ बजेमात्रै पहिरोले पुरिएकाहरूको शव निकालिएको बोङगादोभान प्रहरी प्रमुख पदमबहादुर नेपालीले बताए । वडिगाड गाउँपालिका वडा नं. ६ सिस्नेरीमा मध्यपहारी लोकमार्ग माथिदेखि गएको पहिरोका कारण लोकमार्ग पूर्ण रुपमा अवरुद्ध भएको प्रहरीले जानकारी दिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्