तरुण कप दाङ जिल्ला खुला पुरुष भलिबल सुरु – Kanika Khabar
Sunday, April 27Nepali News Portal

तरुण कप दाङ जिल्ला खुला पुरुष भलिबल सुरु

    मा प्रकाशित

लक्ष्मण बस्नेत
दाङ, २५ चैत।

प्रथम नेपाल तरुण दल कप दाङ जिल्ला खुला वडास्तरीय पुरुष भलिबल प्रतियोगिता २०८१ तुलसीपुरको भमकेमा सुरु भएको छ ।

नेपाल तरुण दल इकाइ तुलसीपुर १ आयोजनामा संचालित प्रतियोगिताको नेपाली काग्रेसका केन्द्रिय सदस्य माननिय दिपक गिरिले उद्घाटन गरेका हुन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै गिरिले राष्ट्रको सान र पहिचान बोकेको खेलकुद क्षेत्रको बिकास ग्रामीणस्तरबाटै गर्नुपर्ने बताए ।

खेलकुदको पहुच ग्रामीणस्तरसम्म पुग्न स्थानिय तहको बिशेष भूमीका रहने भन्दै उहाले खेलकुदको बिकासमा फराकिलो दृष्टि लगाउन सबैमा आग्रह गरेका थिए ।नेपाल तरुण दल इकाई तुलसीपुर १ का अध्यक्ष बालकृष्ण धितालको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रमका विशिष्ट अतिथी नेपाली काग्रेस दाङ जिल्ला सहसचिव राजु आचार्य, नेपाली काग्रेस महाधिवेशन प्रतिनिधि देबिका नेपाली,नेपाल तरुण दल जिल्ला अध्यक्ष टीका घर्ती,नेपाली काग्रेस प्रदेश सल्लाहकार चुडामणि न्यौपाने, प्रदेश सदस्य ढुण्डीराज न्यौपाने, नेपाली कांग्रेस तुलसीपुर नगर सदस्य निर्मलकुमार आचार्य, नेपाली कांग्रेस तुलसीपुर–२ का सभापती भिमबहादुर वलीलगाएतकाले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।

नेपाल तरुण दल ईकाइ तुलसीपुर १ का कोषाध्यक्ष पिन्की वलीको स्वागत रहेको कार्यक्रमको संचालन नेपाली काग्रेसका नेता मेघराज सोनीले गरेका थिए । यसैबिच प्रतियोगिता अन्तरगत सोमबार भएको उद्घाटन खेलमा शान्तिनगर १ लाई सोझो सेटमा पराजित गर्दै बबई ३ बिजयी भएको छ । त्यस्तै दोस्रो खेलमा तुलसीपुर १ लाई २–१ को सेटमा पराजित गर्दै तुलसीपुर ४ बिजयी भएको छ । प्रतियोगिता अन्तरगत मंगलवार न ७ बजे हुने पहिलो खेल राजपुर ७ र दङ्गीशरण ५ बिच खेल हुनेछ ।

तीन दिनसम्म संचालन हुने प्रतियोगिताको प्रथम,द्वितिय र तृतिय हुने टिमले क्रमशः नगद ५०,२५ र १५ हजार,कप,मेडल तथा प्रमाणपत्र हात पार्नेछ्न भने वेष्ट प्लेयर खेलाडी लाई ट्रफी प्रदान गरिने नेपाल तरुण दल ईकाइ तुलसीपुर १ का सचिब मदन भुसालले जानकारी दिएका छन् । प्रतियोगितामा ११ टिमको सहभागिता रहेकोछ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्