बिचौलियाको पहुँच प्रधानमन्त्रीको शयनकक्षसम्म छ : थापा – Kanika Khabar
Sunday, April 27Nepali News Portal

बिचौलियाको पहुँच प्रधानमन्त्रीको शयनकक्षसम्म छ : थापा

    मा प्रकाशित

काठमाडौँ, २ वैशाख ।
नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले बिचौलियाको पहुँच प्रधानमन्त्रीको शयनकक्षसम्मै हुने गरेको बताएका छन् । आज मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सांसदसमेत रहेका थापाले अहिलेको अर्थतन्त्रमा बिचौलियाकै कारण समस्या आएको जिकिर गरे ।

तर, निजी क्षेत्र र बिचौलिया फरक विषय भएको उनको भनाइ छ । उनले बिचौलियाको पहुँच नेतृत्व तहको शयनकक्षसम्म हुने गरेकाले अहिले समस्या सिर्जना भइरहेको बताए ।
‘सरकार सफल बनाउन र परिणाममुखी बनाउनका लागि जोखिम उठाउन, घाउ खान र गाली खान पनि तयार छु भनेको हुँ किनभने काम गर्नुपर्छ, जिम्मा लिनुपर्छ भनेर। काम गर्ने हो भने पहिले ुइकोनोमिक फ्रन्टु को काम गरौं भनेको हो। सुरूको चरणमा जोतिएर काम गरेको पनि हो। एकदम उत्साहका साथमा धेरै कुरा बदल्न लागेको हो तर विस्तारै के कुरा लाग्न थालेको छ भने देशलाई ुककर्डुको स्पीड चाहिएको छ। आज एउटा, भोलि एउटा, पर्सी एउटा काम गर्दै माहौल बनाउनुपर्ने छ। यहाँ राम्रो भएको छ, त्यहाँ राम्रो भएको छ भन्ने खालको बनाउनुपर्नेमा सरकार ट्याक्टरको स्पिडमा छ। ’ थापाले बताए ।

पहिले राष्ट्र बैंकको गभर्नरबारे छलफल हुँदा कौतुहलता हुने गरे पनि अहिले बिचौलियाको मान्छे भनेर खुलारूपमा बहस र छलफल हुने अवस्था आएको थापाको जिकिर छ ।

महामन्त्री थापाले आसेपासेलाई पोस्ने व्यवस्था पुँजीवादी व्यवस्था नै नभएको जिकिर गरे । नागरिक बलियो भएमात्रै राज्य बलियो हुने उनको भनाइ छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्