प्रचण्ड — नेपाल भेट – Kanika Khabar
Saturday, April 20Nepali News Portal

प्रचण्ड — नेपाल भेट

    मा प्रकाशित

कनिका संवाददाता
बैशाख १९, काठमाडौँ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को भोलि बस्ने सचिवालयको बैठकको तयारी विभिन्न गुट उपगुटका नेताहरुले आआफ्नै तरिकाले गरिरहेका छन् । यसैबिच यस अघिको सचिवालय बैठकममा प्रधानमन्त्री ओलीले राखेको प्रस्तावको सन्दर्भमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको स्रोतले जानकारी दिएको छ । भेटमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको प्रस्तावबारे छलफल हुने बताइएको छ ।

फाईल तस्वीर

बुधबार साँझ बसेको सचिवालय बैठकमा नेताहरुले राजीनामा मागेपछि ओलीले कोरोनाको संकट समाधान भएपछि उपाध्यक्ष बामदेव गौतमलाई प्रधानमन्त्री र वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टीमा तेस्रो अध्यक्ष बनाउने प्रस्ताव राखेका थिए । अब भोलि बस्ने सचिवालय बैठकले प्रधानमन्त्री ओलीको प्रस्तावलाई कसरी लिने हो, त्यसलाई अर्थपूर्ण रुपमा हेरिएको स्रोतले बताएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्