विद्यालय सञ्चालन गर्न उपमहानगरपालिकाको निर्देशन – Kanika Khabar
Tuesday, May 26Nepali News Portal

विद्यालय सञ्चालन गर्न उपमहानगरपालिकाको निर्देशन

    मा प्रकाशित


दाङ, ७ बैशाख ।
दाङको घोराही उपमहानगरपालिकाले शैक्षिक क्यालेन्डर अनुसार भोलि चैत्र ८ गतेदेखि विद्यालय सञ्चालन गर्न शिक्षकहरूलाई निर्देशन दिएको छ । नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा बसेको विद्यालय सञ्चालन सम्बन्धी बैठकले पालिका अन्तर्गत रहेका सबै विद्यालयहरूलाई भोलिदेखि सञ्चालन गर्न गराउन निर्देशन दिएको हो।

बैठकपश्चात सामाजिक विकास महाशाखा घोराहीले एक विज्ञप्ति जारी गरी शैक्षिक क्यालेन्डर अनुासार विद्यालय सञ्चालन गर्न निर्देशन दिएको छ । साथै उपमहानगरपालिकाले विद्यालय सञ्चालन भए नभएको समेत अनुगमन गर्ने जनाएको छ ।
सामुदायिक विद्यालयका शिक्षकहरु बिगत १९ दिनदेखि विद्यालय विधेयक ऐन जारी गर्न माग गर्दै काठमाडौँ केन्द्रित आन्दोल गरिरहेका छन् । विज्ञप्तिमा सामुदायिक तथा संस्थागत विद्यालयलाई निर्देशन गरिए तापनि संस्थागत विद्यालय हिजो आइतबारदेखि सञ्चालनमा आइुकेका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्