८ महिनामा नै राजीनामा दिएकी भट्टराईले छाडिन् मन्त्री क्वाटर – Kanika Khabar
Thursday, June 25Nepali News Portal

८ महिनामा नै राजीनामा दिएकी भट्टराईले छाडिन् मन्त्री क्वाटर

    मा प्रकाशित

काठमाडौँ, ८ वैशाख ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएसँगै भैंसेपाटीस्थित मन्त्री क्वार्टर छोडेकी छिन् । आज सोमबार प्रधानमन्त्री केपी ओलीलाई राजीनामा बुझाएर उनी सिधैं आफ्नो निजी निवासमा गएकी छिन् ।

मन्त्री क्वाटर छाडेसँगै भट्टराई आफ्नै चाबहिल घरमा गएकी छिन् । स्वास्थ्यको कारण देखाएर मन्त्री भट्टराईले राजीनामा दिएकी थिइन् । गत असार ३१ मा प्रधानमन्त्री ओलीले उनलाई मन्त्रीमा नियुक्त गरेका थिए । ८ महिनामा नै उनले राजीनामा दिएकी हुन् ।

 

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्