प्रधानमन्त्रीले एकपक्षीय रुपमा बैठक स्थगित गरेको भन्दै नेताहरुको बिरोध – Kanika Khabar
Thursday, March 23Nepali News Portal

प्रधानमन्त्रीले एकपक्षीय रुपमा बैठक स्थगित गरेको भन्दै नेताहरुको बिरोध

    मा प्रकाशित

कनिका खबर
साउन १३, दाङ ।
नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकपक्षीय रुपमा स्थगित गरेको भन्दै नेताहरुले बिरोध गरेका छन् ।

आजका लागि तय भएको स्थायी समिति बैठक प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष प्रचण्ड सहितका अन्य कुनै नेताहरुसँग परामर्श नगरी स्थगित गर्नुभएको भन्दै पार्टी तहबाट आलोचना सुरु भएको छ ।
नेकपाका स्थायी समिति सदस्यहरुले बैठक स्थगित गरेर ओलीले अर्को गल्ती गरेको आरोप लगाएका छन् ।

नेताहरुका अनुसार प्रधानमन्त्री ओलीले पूर्वनिर्धारित बैठक अघि प्रचण्डलाई छलफलका लागि बालुवाटार बोलाउनुभएको थियो । तर प्रचण्ड १० बजेसम्म पनि बालुवाटार नपुगेपछि ओलीले एकपक्षीय रुपमा बैठक स्थगित गरेको नेताहरुले बताएका छन् ।

पार्टीका दुई जना अध्यक्षकाबीच आवश्यक परामर्श र गृहकार्य गरी सचिवालयको बैठकको निर्णय र निर्देशनबमोजिम प्रस्ताव तय गर्न बाँकी रहेको हुनाले पार्टी स्थायी कमिटीको बैठक स्थगित गरिएको नेकपा कार्यालय सचिवद्वय श्रीराम ढकाल र ईश्वरी रिजालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्