दाङ, ११ वैशाख ।
नेपाली काङ्ग्रेस दाङ प्रदेशसभा क्षेत्र नम्बर २(२)को घोराही उपमहानगरपालिका वडा नम्बर १०स्थित मानव कल्याण समाज ‘सेवा घर’लाई खाद्यान्न उपलब्ध गराएको छ । १९औं लोकतन्त्र दिवसको अवसरमा आज बिहीबार प्रदेश २(२) ले खाद्यान्न उपलब्ध गराएको हो ।
साथै १९औं लोकतन्त्र दिवसको अवसरमा दाङ प्रदेशसभा क्षेत्र नम्बर २(२) शुभकामना आदानप्रदान समेत गरेको छ । प्रदेशसभा २(२) का सभापति अभियान बस्नेतको अध्यक्षता तथा नेपाली काङ्ग्रेस दाङ जिल्ला सभापति शंकर प्रसाद डाँगीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा नेपाली काङ्ग्रेस महासमिति सदस्य भुप बहादुर डाँगी, नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश सदस्य जानका के सी. दाङ क्षेत्र नम्बर २का सभापति भिमप्रकाश खड्का, घोराही उपमहानगरपालिका वडा नम्बर ९ का सभापति महेन्द्र दाहाल, दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष बसन्त जोशी, नारायणपुर उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार बस्नेत, सेवा घरकी अभियन्ता सुस्मिता श्रेष्ठ लगायतले शुभकामना मनतव्य दिएका थिए । उपसभापति ज्ञान बहादुर के सी स्वागत मन्तव्यबाछ सुरु भएको कार्यक्रममा उपसभापति शरद समीपले धन्यवादज्ञापन गरेका थिए भने सचिव तिलक केसीले सहजीकरण गरेका थिए ।


