बार्जुगाड नजिकै पहिरो, यातायात अवरुद्ध – Kanika Khabar
Thursday, April 25Nepali News Portal

बार्जुगाड नजिकै पहिरो, यातायात अवरुद्ध

    मा प्रकाशित

नन्दा थापा
साउन १३, बाजुरा ।
अबिरल बर्षाका कारण जिल्ला सदरमुकाम जोड्ने साँफे मार्तडी सडक अन्र्तगत बार्जुगाड प्रहरी चौकी नजिकै पहिरो गएको छ । गएराति देखि आएको अबिरल बर्षाका कारण आज बिहान पहिरो गएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरिक्षक टंकप्रशाद भट्टराईले बताएका छन् ।
पहिरो बार्जुगाड प्रहरी चौकी नजिकै गएको छ । पहिरो पन्छाउन दुई तीन दिन भन्दा बढी लाग्ने प्रहरी चौकी बार्जुगाडबाट जानकारी आएको कार्यालय प्रमुख भट्टराईले भने । लगातारको बर्षाका कारण साफे मार्तडी सडक खण्ड पहिरोले छेदबिछेद भएको तीन हप्ता भन्दा बढी भईसकेको छ । साउन ३ गतेसम्म बुढीगंगा नगरपालिका २ को बल्देसम्म यातायता सञ्चालनमा आएपनि चार गते ताँप्रीसेराको घट्टे खोलाको पक्की पुल नै बगाएपछि ताप्रीसेरासम्मको यातायात पनि आजबाट बार्जुगाड सम्मै रोकीएका छन् । यातायात बार्जुगाड नै रोकिएपछि यात्रुहरु समस्यामा परेका छन् ।
आज पहिरो आएको बार्जुगाड सदरमुकाम मार्तडीबाट ४२ किलोमिटरको दुरीमा पर्दछ । यात्रुहरुले ४२ किलोमिटर पैदल हिड्नु पर्ने बाध्यता भएको छ । लगातारको बर्षाका कारण सडक अबरुद्ध भएपछि सदरमुकाम लगायतका बजारहरुमा दैनीक उपभोग्य सामानको अभाब भएको छ । बाजुरामा हिजो रातिदेखि भीषण वर्षा भई रहेको छ । जिल्लाभरि धेरै ठाउँ क्षति भएको हुनसक्ने बताईएको छ धेरै ठाउँ फोन सम्पर्क नहँुदा क्षतिको विवरण आउन नसकेको प्रहरीले बताएको छ । त्यसै गरी बुढीगंगा नगरपालिको डाव भन्ने ठाउँमा पनि साफेँ मार्तडी सडकमै पहिरो आएर सडक अबरोध भएको स्थानीयले जानकारी दिएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्