आन्दोलनरत शिक्षक र सरकारबिचको वार्ता निष्कर्षबिहीन – Kanika Khabar
Friday, June 12Nepali News Portal

आन्दोलनरत शिक्षक र सरकारबिचको वार्ता निष्कर्षबिहीन

    मा प्रकाशित


काठमाडौँ १३ वैशाख ।
आन्दोलनरत शिक्षक र सरकारबिचको वार्ता निष्कर्षबिहीन भएको छ । आज बिहान बसेको नेपाल शिक्षक महासंघ र सरकारबीचको वार्ता निष्कर्षविहीन भएको हो ।

सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा मन्त्री रघुजी पन्तको उपस्थितिमा वार्ता भएको थियो ।

छलफल र संवादलाई निरन्तरता दिने निर्णय भएको नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताए ।

बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै उनले भने,‘ छलफललाई निरन्तरता दिने कुरा भयो । दुई पक्षीय सहमतिमा फेरि फेरि बस्ने सम्बाद गर्ने निरन्तरता दिने निर्णय भएको छ । अर्को बैठक कहिले बस्ने टुङ्गो भएको छैन ।’

आज पनि बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म शिक्षकले काठमाडौंको माइतीघर मण्डलदेखि बानेश्वरसम्म प्रदर्शन गर्दैछन्

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्