काङ्ग्रेस सांसद राई पक्राउ – Kanika Khabar
Friday, June 12Nepali News Portal

काङ्ग्रेस सांसद राई पक्राउ

    मा प्रकाशित

काठमाडौँ, १३ वैशाख ।
नेपाली काङ्ग्रेसकी सांसद माया राई पक्राउ परेकी छन् । स्वर्णलक्ष्मी सहकारीको रकम ठगी मुद्दामा फरार सूचीमा रहेकी राईलाई कपनस्थित घरबाट पक्राउ गरिएको हो ।

एसएसपी रमेश बस्नेतका अनुसार उनलाई काठमाडौं प्रहरी परिसरमा बुझाइएको छ ।
राईमाथि कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा मुद्दा चलाउन सिफारिस गरिएको थियो । सहकारी ठगी र संगठित अपराधको कसुरमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी हुँदा पनि उनी लामो समयदेखि फरार थिइन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्