दाङमा फरार अभियुक्त २० वर्षपछि पक्राउ – Kanika Khabar
Saturday, May 17Nepali News Portal

दाङमा फरार अभियुक्त २० वर्षपछि पक्राउ

    मा प्रकाशित

दाङ, १४ वैशाख ।
दाङमा २० वर्षपछि फरार अभियुक्त पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सूर्य राणाका अनुसार तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ पुकार पसल घर भई तुलसीपुर ६ बरुवगाउँ बस्दै आएका ४२ वर्षीय विरबहादुर गुरुङ पक्राउ परेका हुन् । उनलाई २० वर्षअघि आफ्नै ससुरालाई हत्या गरेको अभियोग लागेका छ ।

२०६२ साउन १४ गते राति ८ बजेतिर तुलसीपुरको अस्वारा घर भई तुलसीपुर ५ नयाँ बसपार्कमा तरकारी पसल गरी बस्ने आफ्नै ससुरा ३५ वर्षीय कासीराम विकलाई हत्या गरेको अभियोगमा २० वर्षपछि पक्राउ गरिएको प्रहरीले बताएको छ । गुरुङ ससुराको घर गएका थिए । सोही क्रममा कासीराम र उनको कान्छी श्रीमती शोभा विकबिच खाना खाने क्रममा विवाद भयो । विवाद पश्चात घरमा पाहुना गएका गुरुङले ससुरालाई खुट्टा र हातले हिर्काउँदा घटनास्थलमै मृत्यु भएको हो । गुरुङ नसाको तालमा रहेको समेत प्रहरीले बताएको छ ।

हत्यापछि फरार रहेका विक लुकिछिपी भारत बस्दै आएका थिए । त्यसपछि केही समयमा घर आएका उनी तुलसीपुर १२ टरिगाउँमा लुकीछिपी बस्दै आएका थिए । सोही क्रममा शुक्रबार पक्राउ गरिएको हो ।

१५ वर्षसम्म लुकिछिपी भारतमा बसेका उनी पाँच वर्षअघि दाङमै फर्किएका थिए । पछिल्लोपटक दाङ आएका उनी शुभलक्ष्मी पोल्ट्री फार्मको गाडी चलाउने गर्दथे । यहाँनेर रोचक के छ भने त्यो पोल्ट्री फार्म एकजना प्रहरी हबल्दारका बुवाको थियो । यो कुरा गोप्य सूचनाको आधारमा पत्ता लागेपछि २०८२ सालको वैशाख १२ गते इलाका प्रहरी कार्यालय तुलसीपुरले पक्राउ गरेको हो ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्