प्रधानमन्त्री ओलीले दिए गगनलाई चुनाैती : बेडरूमसम्म बिचाैलिया भएकाे प्रमाणित गर्नुहाेस् – Kanika Khabar
Sunday, March 15Nepali News Portal

प्रधानमन्त्री ओलीले दिए गगनलाई चुनाैती : बेडरूमसम्म बिचाैलिया भएकाे प्रमाणित गर्नुहाेस्

    मा प्रकाशित

काठमाडौं, १४ वैशाख ।

प्रधानमन्त्री केपी शर्मा ओलीले काङ्ग्रेस महामन्त्री गगन थापालाई आफ्नो बेडरुमसम्म बिचौलियाको पहुँच रहेको प्रमाणित गर्न चुनौती दिएका छन्।

आज आइतबार मदन भण्डारी फाउन्डेसनको चौथो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिमा छिर्के दाउ हाल्ने, षड्यन्त्र गर्ने र झेली खेलाडीहरूले लाजशरम पचाएर यस्ता आरोपहरू लगाउने गरेको बताए।

देशमा एमाले र काङ्ग्रेसको सहभागितामा सरकार बन्नु समयको आवश्यकता रहेको बताउँदै उनले स्थिरता, विकास र सुशासनले गति लिन थालेका बेला सरकार र नेतृत्वविरुद्ध झुठा आरोप लगाउन थालिएको बताए।

केहीदिन अघि गगन थापाले प्रधानमन्त्रीको बेडरुमसम्मै बिचौलियाको पहुँच रहेको टिप्पणी गरेका थिए।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्