जमल जग्गा विवाद – Kanika Khabar
Sunday, April 27Nepali News Portal

जमल जग्गा विवाद

    मा प्रकाशित

कनिका खबर
साउन १३,
मन्त्रिपरिषदले जमलमा बनाउने भनिएको राष्ट्रिय पुस्तकालय भवन निर्माणमा रोक लगाएपछि त्यहाँको झन्डै आठ रोपनी जग्गा कुन प्रयोजनमा लगाउन खोजिएको हो भन्ने प्रश्न उठेको छ।

राष्ट्रिय नाचघर अगाडिको उक्त सरकारी जग्गामा त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय थियो। अहिले पनि त्रिभुवन विश्वविद्यालयले नै भोगचलन गर्दै आएको छ।

मन्त्रिपरिषदले २०७५ असोज २८ गते त्यहाँ राष्ट्रिय पुस्तकालय बनाउने निर्णय गरेको थियो। यही साउन ४ को मन्त्रिपरिषद बैठकले त्यसलाई संशोधन गर्दै ‘पुस्तकालय भवन निर्माण नगर्नू’ भनेको हो।

यसै सम्बन्धमा एक व्यापारिक समूहले ुउक्त जग्गा हडपेर व्यावसायिक भवन बनाउन खोजेकोु भनी मंगलबार समाचार प्रकाशित भयो। यसले राजधानीको ‘प्राइम लोकेसन’ मा पर्ने उक्त जग्गा विवादमा तानिएको छ। सामाजिक सञ्जालमा टिकाटिप्पणी पनि सुरू भएका छन्।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्