ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्जलाई गरे बर्खास्त – Kanika Khabar
Thursday, June 25Nepali News Portal

ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्जलाई गरे बर्खास्त

    मा प्रकाशित

काठमाडौँ, १९ वैशाख ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले माइक वाल्ट्जलाई राष्ट्रिय सुरक्षा सल्लाहकारको पदबाट बर्खास्त गरेका छन् । ट्रम्पले उनलाई संयुक्त राष्ट्रसंघमा राजदूत नियुक्त गर्ने घोषणा गरेका छन् ।

सामाजिक संजालमार्फत ट्रम्पले वाल्ट्जको सेवाको लागि धन्यवाद दिँदै उनको स्थानमा विदेश मन्त्री मार्को रुबियोले अस्थायी रूपमा कार्यभार सम्हाल्ने जानकारी दिएका छन् ।

अमेरिकाको संवेदनशील सैन्य योजना छलफल हुने एउटा समूह च्याटको सदस्यमा वाल्ट्जले भूलवस एक पत्रकारलाई समावेश गरेको घटनापछि आलोचना झेल्नुपरेको थियो । त्यसपछि अमेरिकी सैन्य योजना लिक ९चुहावट० भएको थियो ।

फ्लोरिडाका पूर्व कांग्रेस ९तल्लो संसद्० सदस्य वाल्ट्ज ट्रम्पको दोस्रो कार्यकालमा ट्रम्प प्रशासनको पदबाट हट्ने पहिलो वरिष्ठ पदाधिकारी भएको बीबीसीले जनाएको छ ।

ट्रम्पले लेखेका छन्, “सेना, लडाईं र कांग्रेस ९तल्लो सदन०मा र मेरो राष्ट्रिय सुरक्षा सल्लाहकारको रूपमा माइक वाल्ट्जले हाम्रो राष्ट्रको हितलाई प्राथमिकता दिन कडा मिहिनेत गरे । नयाँ भूमिकामा पनि उनी यो जारी राख्नेछन् ।”

वाल्ट्जले एक्समा राष्ट्रपतिको घोषणाको स्क्रिनसटसहित छोटो पोष्ट गर्दै लेखे, “राष्ट्रपति ट्रम्प र हाम्रो महान देशप्रति सेवा जारी राख्न पाउँदा सम्मानित महसुस गरिरहेको छु ।”

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्