१ सय ८० किलो गाँजासहित एम्बुलेन्स चालक पक्राउ – Kanika Khabar
Friday, June 12Nepali News Portal

१ सय ८० किलो गाँजासहित एम्बुलेन्स चालक पक्राउ

    मा प्रकाशित

सुनसरी, २१ वैशाख ।
सुनसरी जिल्लाको रामधुनी नगरपालिका वडा नमबर ६ पिडारीबाट अवैध लागूऔषध गाँजा करिब १ सय ८० किलोग्राम सहित बराहक्षेत्र नगरपालिका(४ बस्ने २५ वर्षीय श्रीराज कुमार साहलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय रामधुनीबाट खटिएको प्रहरीले बिआर ३८ पि ५४१४ नम्बरको एम्बुलेन्सलाई जाँच गर्ने क्रममा सेतो बोराले बेरेको ६ वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी एम्बुलेन्स चालक श्रीराजलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्