रोल्पामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु – Kanika Khabar
Thursday, June 25Nepali News Portal

रोल्पामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

    मा प्रकाशित

राजपुर,२२ बैशाख  ।

रोल्पामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ। परिवर्तन गाउँपालिका–३ बागमारा स्थित दुई खोली–चुनवाङ भित्री सडकखण्डमा गए राति ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ।

मृत्यु हुनेमा ट्याक्टर चालक दाङकाे घाेराही उपमहानगरपालिका वडा नं. ४ कुईरेपानी निवासी अन्दाजी २९ वर्षीय खिमबहादुर सुनार रहेकाे रोल्पा प्रहरीले जनाएको छ। आइतबार राति दुई खोलीबाट बागमारा तर्फ जाँदै गरेकाे

लु.प्र.०२-००१त ८९ नम्बरको ट्याक्टर करिब साढे नाै बजेतिर अनियन्त्रित भई सडकबाट करिब ६ मिटर तल खसेको थियो।

दुर्घटनाभए लगत्तै स्थानिय बासिन्दाले तत्कालै प्रहरीलाई खबर गरेका थिए। दुर्घटनाको समयमा ट्याक्टरमा चालक बाहेक अन्य कोही सवार नरहेको र ट्याक्टर घटनास्थलमै रहेको प्रहरीले जनाएको छ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्