कोरोना संक्रमितको संख्या प्रहरी मुख्यालयमा ३१ पुग्यो – Kanika Khabar
Tuesday, April 16Nepali News Portal

कोरोना संक्रमितको संख्या प्रहरी मुख्यालयमा ३१ पुग्यो

    मा प्रकाशित

कनिका खबर
साउन १४
प्रहरी प्रधान कार्यालयमा कोरोना संक्रमित प्रहरीको संख्या ३१ पुगेको छ । चारजनालाई संक्रमण देखिएपछि उनीहरुको कन्ट्याक्ट ट्रेसिङका आधारमा परीक्षण गर्दा ३१ जनाको पोजेटिभ रिपोर्ट आएको प्रहरी प्रवक्ता ९डिआइजी० निरज शाहीले जानकारी दिए ।

प्रहरी प्रधान कार्यालयको सवारी ९एमटी० शाखामा कार्यरत एकजना प्रहरी हवल्दार काठमाडौँ बाहिर गएर फर्केपछि पहिलो पटक उनलाई कोरोना संक्रमण भएको थियो ।

प्रहरी प्रधान कार्यालयमा सञ्चार निर्देशनालय, एमटी र सुरक्षा सेवा निर्देशनालयमा कार्यरत प्रहरी कर्मचारीलाई कोरोना संक्रमण देखिएको छ । स्वाव संकलन गरेर पठाइएका केही प्रहरीको रिपोर्ट आउन बाँकी छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्