भारतीय वायुसेना जेटहरू खसालेको पाकिस्तानको दाबी – Kanika Khabar
Saturday, June 13Nepali News Portal

भारतीय वायुसेना जेटहरू खसालेको पाकिस्तानको दाबी

    मा प्रकाशित

एजेन्सी । भारतले गरेको आक्रमणको जवाफमा पाकिस्तानले पाँच भारतीय वायुसेना जेटहरू खसालेको दाबी गरेको छ । भारतले आक्रमणमा पठाएका तीन राफेल जेट, एक मिग–२९ र एक एसयू–३० लडाकु विमान र एक ड्रोन खसालेको पाकिस्तानी सेनालाई उद्धृत गर्दै सीएनएनले जनाएको हो ।

भारतले बुधवार बिहान पाकिस्तानी भूभागमा मिसाइल हमला गरेको थियो । मिसाइल हमलाले पाकिस्तानको घना बस्ती भएको पन्जाब प्रान्त र पाकिस्तान प्रशासित कश्मीरमा रहेको कथित ‘आतंकवादी पूर्वाधार’ लाई निशाना बनाएको भारतीय मिडियाले जनाएका छन्। यो हमला भारत प्रशासित कश्मीरमा भएको पर्यटकहरूको हत्याकाण्डको दुई हप्ताभन्दा बढी समयपछि भएको हो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्