चीनले भन्यो – पाकिस्तामाथि भारतको हमला खेदजनक – Kanika Khabar
Thursday, June 25Nepali News Portal

चीनले भन्यो – पाकिस्तामाथि भारतको हमला खेदजनक

    मा प्रकाशित

एजेन्सी । भारतीय सेनाले पाकिस्तानविरुद्ध सुरु गरेको ‘अपरेसन सिन्दूर’ लाई चीनले खेदजनक बताएको छ । भारत र पाकिस्तानबीचको गोलाबारी चलिरहेका बेला चीनले पहिलो पटक मुख खोल्दै पाकिस्तानमाथि भारतीय सैन्य कारबाहीलाई खेदजनक भनेको हो ।

पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका विभिन्न क्षेत्रहरूमा हवाई हमला गरेपछि विश्वका विभिन्न देशहरूबाट प्रतिक्रिया आइरहेका छन् ।

यही क्रममा बुधबार चीनको विदेश मन्त्रालयले पाकिस्तानविरुद्ध भारतले चलाएको सैन्य कारबाहीलाई ‘खेदजनक’ भनेको छ।

दक्षिण एसियाका दुई ठुला मुलुकबिच बढेको तनावबारे सोधिएको प्रश्नमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले भनेकी छन् हामी त्यहाँ भइरहेको सबै गतिविधिलाई चासोपूर्वक हेरिरहेका छौँ । आज बिहानै भारततर्फबाट भएको सैनिक अप्रेसन खेदजनक छ । दुवै देशलाई शान्त र संयम रहन आग्रह गरेका छौँ । थप नराम्रो घटनातर्फ नजान भनिरहेका छौँ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्