सांसद गिरीद्वारा एनआरएन नागरिकता कार्यान्वयन गर्न माग – Kanika Khabar
Friday, June 12Nepali News Portal

सांसद गिरीद्वारा एनआरएन नागरिकता कार्यान्वयन गर्न माग

    मा प्रकाशित

काठमाडौँ, २५ वैशाख ।

दाङ जिल्लाबाट प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका सांसद दीपक गिरीले संविधानले व्यवस्था गरेको सबै अधिकार पाउने गरी गैर आवासीय नेपाली (एनआरएन) नागरिकताको कार्यान्वयन गर्न माग गरेका छन्।

प्रतिनिधि सभाको बुधबार बसेको बैठकमा बोल्दै पूर्व मंत्री गिरीले  एनआरएन भनेका नेपालको विकासका साझेदार हुन् भन्दै  नेपाली नागरिक सरह एनआरएनहरुलाई पनि नेपालमा लगानी गर्ने कानूनी व्यवस्था गर्न सरकारसंग माग गरे ।  उनले  संसारभरिबाट भेला भएका गैर आवासीय नेपाली (एनआरएन) हरुले एकता महाधिवेशनबाट सर्वसम्मतिले नयाँ नेतृत्व चयन गरेको भन्दै  अध्यक्ष महेश श्रेष्ठ लगायत पुरै टिमलाई बधाई पनि दिए ।

‘छुटेका साथीहरुलाई पनि समेटेर अगाडी बढ्न शुभकामना दिन चाहन्छु,’ उनले भने।

यही बैशाख २० र २१ गते शेष घले नेतृत्वको उच्चस्तरीय समितिद्वारा आयोजित महाधिवेशनले महेश कुमार श्रेष्ठको नेतृत्वमा पुरै कार्यसमिति सर्वसम्मतिले चयन गरेको थियो।  तर बद्री केसीले नेतृत्व गरेको समूहले भने आगामी अक्टोबर महिनामा छुट्टै अधिवेशन गर्ने बताएको छ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्