`निजी विद्यालयलाई गुठी वा ट्रस्टमा लैजाने गरी ऐन तयार भए प्रतिकार´ – Kanika Khabar
Friday, June 12Nepali News Portal

`निजी विद्यालयलाई गुठी वा ट्रस्टमा लैजाने गरी ऐन तयार भए प्रतिकार´

    मा प्रकाशित

काठमाडौं,२५ वैशाख ।

प्याब्सनका अध्यक्ष कृष्ण अधिकारीले निजी विद्यालयलाई गुठी वा ट्रस्टमा लैजाने गरी ऐन तयार भए त्यसलाई नमान्ने चेतावनी दिएका छन् । उनले सरकारसंग पटक पटक भएको सहमतिमा निजी विद्यालयलाई निश्चित समय तोकेर गुठी वा ट्रस्टमा लैजाने विषयमा कुनै निर्णय नभएको दाबी गरे ।

उनले भने –हामीले ऐनको मस्यौदा तयार भैरहदा नेपाली काग्रेसका उपसभापति पुर्णबहादुर खड्का, शिक्षा, विज्ञान तथा प्रबिधिमन्त्री रघुजी पन्त गृहमन्त्री रमेश लेखक, अर्थमन्त्री विष्णु पौडेलसँग भेटेर निजी विद्यालयलाई गुठी वा ट्रस्टमा लैजाने विषय ऐनको मस्यौदामा समेटे मान्य नहुने जानकारी गराइसकेका छौ । यदि सरोकारवालाको निर्णय बेगर गुठीमा लैजाने ऐन जारी भए कडा आन्दोलनमा जाने चेतावनी दिए ।

प्याब्सनले यदि विद्यालयलाई गुठी वा ट्रस्टमा लैजाने सरकारी निर्णय भए देशका अधिकांश ठुला बैक डुब्न सक्ने चेतावनी प्याब्स्नले दिएको छ । प्याब्सनका प्रमुख सल्लाहकार डिके ढुङ्गानाले भने–हामीले करोडौ रुपियाँ ऋण लिएर स्कुल सञ्चालन गरेका छौ, यदि सरकारले निजी विद्यालयलाई गुठीमा लैजाने निर्णय गरे ऋण तिर्ने अवस्थासम्म पनि नआउने उल्लेख गरे ।

सरकारको सम्पत्तिका निजी विद्यालयका सञ्चालकले किन ऋण तिर्ने ? सरकारकै निर्णयको कारण ऋण तिदैनौ, ऋण तिर्न नसकेपछि बैक र बित्तय संस्था डुब्नेछन् । सरकारले ऐन तयार गर्दा निजी विद्यालयसँग सल्लाह नगरे ठुलो समस्या पर्ने चेतावनी निजी विद्यालय सञ्चालकको छ ।

एनप्याब्सनका अध्यक्ष सुवास न्यौपानेले निजी सम्पत्तिमाथि धावा बोल्ने अधिकार कसैको नभएको बताए । `व्यक्तिको लगानी कसरी गुठीमा जान्छ , यदि हाम्रो लगानीमाथि सरकारले खेववाड गरे कडा सघर्षमा जानेछौ´ उनको भनाई थियो ।

प्याब्सन अध्यक्ष अधिकारीले निजी विद्यालयलाई गुठी वा ट्रष्टमा लैजानुपर्ने बाध्यकारी व्यवस्था गरे कडा संघर्षमा जाने चेतावनी दिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्