पार्टीमा वामदेव तरङ्ग – Kanika Khabar
Friday, March 29Nepali News Portal

पार्टीमा वामदेव तरङ्ग

    मा प्रकाशित

कनिका खबर
साउन १४, काठमाडौं
असारको पहिलो हप्ता प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने लहरका शसक्त पात्र हुनुहुन्थ्यो, वामदेव गौतम । गौतमपनि प्रचण्ड नेपालसँगै उभिएपछि प्रधानमन्त्री ओलीमाथिको संकट पेचिलो बनेको थियो । तर, उपाध्यक्ष गौतमले ६ बुँदे मध्यमार्गी प्रस्तावसहित ओलीकै पक्षमा उभिएपछि नेकपामा फेरि तरङ्ग निम्त्याएको छ । ओलीलाई प्रधानमन्त्री पूरा कार्यकाल र अध्यक्ष महाधिवेशनसम्म रहन दिने प्रस्ताव आएको छ । दिउँसो गौतमको प्रस्तावपछि साँझ प्रधानमन्त्री ओली बालुटारको ढोका नाघेर गौतम निवास भैसेपाटीमा पुग्नु भएको छ । दुईघण्टा लामो पारिवारीक छलफलपछि ओली गौतम एक भएको सन्देशदिनेगरिका तस्बिर सार्वजनिक भएका छन् । अब प्रचण्ड नेपाल पक्षलाई सबै विवाद छाडेर छिटो महाधिवेशनसम्म पुग्नुपर्ने दवाव बढेको छ । गौतमको प्रस्तावसँगै नेकपाभित्रको शक्ति सन्तुलनमा फेरबदल आएको देखिन्छ । रामबहादुर थापाको पनि गौतमको जस्तै चाहना रहेको यसअघि नै सार्वजनिक भइसकेको छ । स्थायी कमिटी ओलीको विपक्षमा भएपनि सचिवालयमा ओलीको दुवै पद कायम राखेर अघि बढ्नुपर्ने पक्षमा बहुमत देखिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्