आज सातै प्रदेशमा वर्षा हुने – Kanika Khabar
Wednesday, April 22Nepali News Portal

आज सातै प्रदेशमा वर्षा हुने

    मा प्रकाशित

कनिका खबर
साउन १४, काठमाडौं
आज देशका सातै प्रदेशमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मन्जु बासीका अनुसार दक्षिणी क्षेत्रतर्फ मनसुनको न्यून चापीय रेखा सर्दै गएकाले हिजोको तुलनामा आज वर्षाको मात्रा थोरै कम हुने सम्भावना देखिएको छ । न्यून चापीय रेखा केही तल सरे पनि पुनः माथि आउने सम्भावना पनि रहनेछ । बासीका अनुसार रेखा तलमाथि सरिरहन्छ, तल सरेपछि तलको तलै जाने हुँदैन, फेरि माथि (नेपालनजिक) आउन पनि सक्छ र वर्षा पुनः बढ्न सक्छ । मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार आज देशका सातै प्रदेशका धेरैजसो स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, २ र बागमतीका थोरै स्थान साथै गण्डकी, ५ नम्बर र सुदूरपश्चिम प्रदेशका एक÷दुई स्थान र विशेष गरी कैलालीमा वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेशअन्तर्गत काठमाडौं उपत्यकामा भने मध्यमसम्म वर्षा हुने सम्भावना रहेको मौसमविद् बासीले जानकारी दिनुभयो । मनसुनका बेला ५० मिलिमिटर भन्दा माथिको वर्षालाई भारी मानिन्छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्