दोधाराचादनीमा अवैध नाकाको प्रयोग गरि रसायनिक मलको तस्करी – Kanika Khabar
Thursday, September 28Nepali News Portal

दोधाराचादनीमा अवैध नाकाको प्रयोग गरि रसायनिक मलको तस्करी

    मा प्रकाशित

कनिका खबर
साउन १४, कञ्चनपुर
कञ्चनपुर सहित देशभर रसायनिक मल युरियाको अभाव भइरहेका बेला भारतबाट दैनिक रूपमा अबैध नाका प्रयोग गरि सयौं क्वीन्टल रसायनिक मल भित्रिन थालेको छ । बजारमा प्रति कट्टा नौ सयमा पाईने मल दोधाराचादनीमा ब्यापारीहरूले एक हजार आठ सयदेखि दुईहजार प्रति कट्टासम्ममा बिक्रि गरिरहेका छन् । सिमानाकामा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी हुँदा समेत दैनिकजसो प्रहरीकै मिलेमतोमा दोधाराचादनीमा रसायनिक मल भित्रिरहेको स्थानीयको आरोप छ । गड्डाचौकी भन्सार भएर समेत ल्याउन नमिल्ने तथा के कसरी आईरहेको छ ? सो बारे आफूलाई जानकारी नभएको गड्डाचौकी भन्सार कार्यालय कञ्चनपुरका निमित्त भन्सार प्रमुख नकुल शर्माले बताउनुभयो । यतिबेला कोरोना संक्रमणका कारण भारतसँगको सीमानाका सरकारले पुर्ण रूपले सिल गरे पनि प्रहरीसँगको मिलेमतोमा अवैध नाका प्रयोग गरि भारतबाट दैनिक रूपमा रसायनिक मल लगायतका सामानहरू नेपाल भित्रिएपछि स्थानीयहरूमा कोरोना संक्रमण फैलिने चिन्ता बढेको छ । सीमानाकामा सशस्त्र प्रहरीको गस्ती गरिएको तथा थप सिभिल गस्ती परिचालन गरि यस्तो कार्यलाई तत्काल रोकिने सशस्त्र प्रहरीका एसपी बिरबहादुर साहुले बताउनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्