छबि पुरी
घोराही, १ जेठ ।
गोरखा ग्रुपद्वारा सञ्चालित भिक्टोरिया इन्टरनेसनल कलेज घोराहीले तयार पारेको अनुसन्धानमुलक जर्नल ‘भिक्टोरिया जर्नल अफ म्यानेजमेन्ट’ विमोचन गरेको छ ।
गोरखा ग्रुपका प्रमुख कार्यकारी अधिकृत नवल जिएमको अध्यक्षता तथा पोखरा युनिभर्सिटीका सहप्राध्यापक डा. भरतराम ढुंगानाको प्रमुख आतिथ्यमा बिहीबार एक समारोह बीच घोराही १३ सेवारस्थित नवनिर्मित कलेज भवन परिसरमा पहिलो जर्नलका रुपमा ‘भिक्टोरिया जर्नल अफ म्यानेजमेन्ट’ विमोचन गरिएको हो ।
जर्नलका प्रधान सम्पादकसमेत रहनु भएका प्रमुख अतिथि ढुंगानाले अध्ययन अनुसन्धान विद्यार्थी जीवनका लागि अनिवार्य सर्त रहेको बताउनुभयो । सैद्धान्तिक ज्ञानलाई व्यहारमा उतार्न विद्यार्थीका लागि अनुसन्धानले सघाउने भन्दै भिक्टोरिया कलेजले विद्यार्थीको अध्ययन र अनुसन्धानको दायरा फराकिलो बनाउन जर्नल प्रकाशन गरेर अनुकरणीय काम गरेको बताउनुभयो । जर्नलमा प्रकाशित लेखहरु सबै तथ्य र अनुसन्धानमा आधारित रहेको उहाँको भनाई छ ।
कार्यक्रममा गोरखा ग्रुपका अध्यक्ष विष्णु घर्ती मगरले दाङको शिक्षा क्षेत्रमा गोरखा ग्रुपले व्यवहारिक शिक्षालाई जोड दिँदै नवीन खोज र अनुसन्धानमा विद्यार्थीलाई जोड्ने काम गर्दै आएको बताउनुभयो ।
त्रिभुवन विश्वविद्यालय पूर्व एशोसियट प्रोफेसर तथा कलेजका प्राध्यापक तारा खड्काले कक्षामा सिकेको ज्ञानलाई व्यवहारमा उतार्न सक्ने दक्ष जनशक्ति उत्पादनमा भिक्टोरिया कलेजले महत्वपूर्ण भुमिका खेल्दै आएको बताउनुभयो ।
नेपाल पत्रकार महासंघ दाङ शाखा निवर्तमान अध्यक्ष दुर्गालाल केसीले विद्यार्थीको अन्तरनिहित क्षमता विकासमा अनुन्धानमुलक जर्नलले सघाउने बताउनुभयो ।
कलेजका कलेजका कार्यक्रम निर्देशक तथा भाईस प्रिन्सिपल केबी चौधरीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण बिबिए आठौ सेमेष्टरमा अध्ययनरत विद्यार्थी प्रशन्ना बस्नेतले गर्नु भएको थियो ।
साो अवसरमा, कलेजमा बिएचएममा अध्ययनरत विद्यार्थीहरुले तयार पारेका विभिन्न परिकार खुवाएर अतिथिहरुलाई स्वागत गरिएको थियो भने दुई सय विद्यार्थीले संयुक्त रुपमा राष्ट्रभक्ति गित गाएर स्वागत गरेका थिए ।
सन् २००९ देखि संचालनमा आएको कलृजमा हाल बिबिएको सत्रौँ ब्याचले अध्ययन गरिरहेका छन् । कलेजले बिएमएम गत वर्षबाट सुरु गरेकोमा एमबिए पनि पहिलो ब्याच संचालन गरेको छ । कलेजमा २ सय विद्यार्थी बिबिएमा, ४० जना बिएचएममा र २० जना एमबिएमा अध्ययनरत रहेका कलेजमा भाईस प्रिन्सिपल केबी चौधरीले बताउनुभयो ।
उच्च शिक्षाको क्षेत्र व्यवस्थापन र व्यावसायिक क्षेत्रमा राम्रो जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ संचालित कलेजले बजार मागलाई सम्बोधन गर्ने काम कलेजले गर्दै आएको उहाँले बताउनुभयो ।
घोराही १४ लोहासुरबाट कलेज संचालन गरिरहेको भिक्टोरिया कलेजले घोराही १३ सेवारस्थित बाह्रकुने टोलमा आफ्नै पूर्वाधारसहितको सुविधायुक्त भवनबाट अध्यापन शुरु गरेको छ । करिव १ बिगाहा क्षेत्रफलमा रहेको कलेजले सो क्षेत्रमा थप दुई बिगाहामा पर्यटन प्रवद्र्धन गर्न रिसोर्ट संचालन गर्ने योजना पनि बनाएको छ ।
मा प्रकाशित