फुल्पिङकट्टी पहिरोमा बेपत्ता भएकामध्ये एक जनाको शव भेटियो – Kanika Khabar
Tuesday, July 14Nepali News Portal

फुल्पिङकट्टी पहिरोमा बेपत्ता भएकामध्ये एक जनाको शव भेटियो

    मा प्रकाशित

कनिका खबर
साउन १४, सिन्धुपाल्चोक ।
भोटेकाशी गाउँपालिकाको फुल्पिङकट्टी पहिरोमा बेपता भएका दुईजना मध्ये एक जनाको शव फेला परेको छ । पहिरोमा परि हराईरहेका ४८ वर्षका सेमसाङ शेर्पाको शव आज भेटिएको जिल्ला प्रहरी कार्यलयका डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए ।
खोज तथा उद्दार जारी राखेकोमा आज उनको शव भेटिएको हो । पहिरोमा परि अर्का एका जना ४८ वर्षका सोमवुटी शेर्पा अझै हराइरहेको र उनको खोजी कार्य जारी रहेको उनले बताए ।
साउन १ गते फुल्पिङकट्टीमा पहिरो जादा पाँच जना पुरिएका थिए । तीन जनाको शव सोही दिन भेटिए पनि बाँकी दुई जना बेपता थिए । बाँकी दुईमध्ये एकको शव आज भेटिएको हो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्