कोरोना भाइरस विरुद्धको खोपको बाँदरमा गरेको परीक्षण सफल – Kanika Khabar
Friday, February 14Nepali News Portal

कोरोना भाइरस विरुद्धको खोपको बाँदरमा गरेको परीक्षण सफल

    मा प्रकाशित

कनिका खबर
साउन १४, दाङ ।
अमेरिकाको बायोटेक कम्पनी मोडर्ना इन्कले कोरोना भाइरस विरुद्धको खोपको बाँदरमा गरेको परीक्षण सफल भएको छ । मोडर्नाले बनाएको खोपले बाँदरको फोक्सो र नाकको सङ्क्रमण हुनबाट जोगाएको बताएको छ । अस्ति सोमवार मोडर्नाले विश्वकै सबैभन्दा ठूलो खोपको परीक्षण सुरु गरेको छ । जसमा ३० हजार स्वयंसेवी सहभागी छन् ।
कम्पनीलाई अमेरिकी सरकारले एक विशेष कार्यक्रममार्फत् एक अर्ब डलरको सहयोग गरेको छ । अपरेशन वर्प स्पीड नाम दिइएको यस कार्यक्रमलाई विभिन्न क्षेत्रले सहयोग गर्दै आएको छ ।

अमेरिका विश्वकै सबैभन्दा बढी प्रभावित मुलुक हो । जहाँ पछिल्लो २४ घन्टामा मे महिनापछिको धेरै मानिसको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । अमेरिकाको दक्षिणी राज्यमा समेत गरी एकैदिन १६ सय मानिसको कोरोना सङ्क्रमणको कारण मृत्यु भएको अमेरिकी सरकारले जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्