पहरूवा मोटरसाइकल दुर्घटनाका गम्भीर घाइते बुढामगरको मृत्यु – Kanika Khabar
Friday, April 19Nepali News Portal

पहरूवा मोटरसाइकल दुर्घटनाका गम्भीर घाइते बुढामगरको मृत्यु

    मा प्रकाशित

ओमप्रकाश गुप्ता
सिसहनियाँ १४ साउन ।

दाङको देउखुरीमा २ मोटरसाइकल एक आपसमा ठोक्किदा भएको दुर्घटनामा गम्भीर घाइतेको लमहीमा उपचारका क्रममा निधन भएको छ । लमही ( भालुवाङ सडक खण्डको राप्ती गाउँपालिका वडा नम्बर ५ पहरूवा चोकमा मंगलबार बेलुका ६ः३० बजेको समयमा भएको दुर्घटनामा परी रा १ प ४७६५ नम्बरको मोटरसाइकल पछाडि बसेका राप्ती गाउँपालिका ८ बिजौरी निवासी २० वर्षका अविनाश बुढामगरको लमही अस्पतालमा उपचारका क्रममा मंगलबार राति ७ः३० बजे निधन भएको प्रहरी चौकी सिसहनियाँका प्रहरी नायव निरिक्षक गोपालकुमार मल्लले जानकारी दिएका छन् ।
घाइते मध्ये राप्ती गाउँपालिका वडा नम्बर ८ विजौरी निवासी २० वर्षका सागर चौधरीको फ्लोरेन्स अस्पताल लमहीमा र राप्ती गाउँपालिका ६ पत्थरगढवा निवासी ३२ वर्षका दिनेश चौधरीको नेपालगन्जमा उपचार भइरहेको प्रहरीले बताएको छ । मंगलबार बेलुका पश्चिमबाट पुर्व तर्फ गइरहेको रा १ प ४७६५ नम्बरको मोटरसाइकल र पुर्वबाट पश्चिम तर्फ गइरहेको रा ३ प ५७८२ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा उक्त दुर्घटना भएको पत्रकार ओमप्रकाश गुप्ताले खवर पठाउनु भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्