न्यालम क्षेत्रमा लगातार वर्षा, सतर्क रहन स्थानीय तह तथा सरोकारवालाहरूलाई अनुरोध – Kanika Khabar
Friday, April 26Nepali News Portal

न्यालम क्षेत्रमा लगातार वर्षा, सतर्क रहन स्थानीय तह तथा सरोकारवालाहरूलाई अनुरोध

    मा प्रकाशित

कनिका खबर
साउन १५, सिन्धुपाल्चोक
मित्र राष्ट्र चीनको न्यालम हिमताल रहेको क्षेत्रमा लगातार वर्षा भइरहेको भन्दै सचेत हुन आग्रह गरिएको छ । लगातारको वर्षाले चीनको न्यालम क्षेत्रमा रहेका विभिन्न तालहरू फुट्न सक्ने औपचारिक जानकारी प्राप्त हुनासाथ हिजो जिल्ला विपद् व्यवस्थापन समितीका संयोजक प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालको अध्यक्षतामा बसेको आकस्मिक बैठकले विभिन्न निर्णयहरू गरेको छ । तालहरू फुटेमा भोटेकोशी किनारमा रहेका बस्तीहरूमा जोखिम बढ्ने भएकाले तालहरू फुट्ने जोखिम बढेमा तल्लो तटीय क्षेत्रमा स्वचालित पूर्व सूचना प्रणाली स्थापना गर्नुपर्ने र त्यसको लागि चीनसँग कुटनीतिक पहल गरि आवश्यक व्यवस्था मिलाउन परराष्ट्र मन्त्रालयलाई अनुरोध गर्ने निर्णय भएको छ ।

यस्तै तत्काल तालहरूमा पानीको सतह घट्न गई तत्कालको लागि ताल फुट्ने सम्भावना टरे पनि चीनको केरुङ लेकमा वर्षा भइरहेका कारण भोटेकोशी नदीमा जोखिम कायमै रहने भएकाले भोटेकोशी आसपास बसोबास गर्ने स्थानीयलाई सतर्क रहन स्थानीय तह तथा सरोकारवाला सबैलाई अनुरोध गर्ने भएको छ । यस्तै चौतारा अस्पतालबाट प्राप्त भएको पत्रमा पहिरो पीडतका लागि त्रिपाल माग भएको र नेपाल रेडक्रस सोसाइटी सिन्धुपाल्चोकबाट १० थान त्रिपाल उपलब्ध गराउने निर्णय समेत भएको प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्