नेपाल लाओससँग २-१ ले पराजित – Kanika Khabar
Monday, July 14Nepali News Portal

नेपाल लाओससँग २-१ ले पराजित

    मा प्रकाशित

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिम लाओससँग पराजित भएको छ । न्यू लाओस नेशनल स्टेडियममा मंगलबार साँझ सम्पन्न  एएफसी एसियन कप २०२७ छनोट अन्तर्गतको खेलमा नेपाल २-१ गोल अन्तरले पराजित भएको हो ।

लाओसको जितमा दामोथ थोंगखामसाभाथ र पीटर पान्थाभोंगले एक एक गोल गरेका थिए । नेपालका लागि एक गोल मनिष डागीले पेनाल्टी मार्फत गरेका थिए ।

लाओसको नेपालमाथि यो अहिलेसम्मकै पहिलो जित हो । यसअघि भएका ७ खेलमा नेपाल ५ खेलमा विजयी भएको थियो भने २ खेल बराबरी भएका थिए ।

एएफसी छनौट अन्तर्गत नेपालले पहिलो खेलमा मलेसियासँग २-० को हार बेहोरेको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्