रौतहटमा ग्यास सिलिन्डर बितरणमा विवाद हुँदा झडप, दर्जनौ घाइते – Kanika Khabar
Wednesday, November 12Nepali News Portal

रौतहटमा ग्यास सिलिन्डर बितरणमा विवाद हुँदा झडप, दर्जनौ घाइते

    मा प्रकाशित

कनिका खबर
साउन १५, रौतहट
रौतहटको यमुनामाइमा ग्यास सिलिन्डर तथा चुलो बितरणमा दुई पक्षबिच झडप हुँदा दर्जनभन्दा बढी घाइते भएका छन् । यमुनामाई गाउँपालिकाको वडा नम्बर ५ झुन्खुनवामा हिजो ग्यास सिलिन्डरसहित चुलो बितरण गरिएको थियो । बितरणको क्रममा एक पक्षले विभेद गरेको भन्दै विवाद भएको थियो । बिवादले उग्र रुप लिएपछि झडप भएको हो । झडपमा दुबै पक्षले ढुङ्गा प्रहार गरेकाले घाइतेहरुको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ । यमुनामाई गाउँपालिकाका गरिब तथा विपन्न परिवारलाई ग्यास चुलो बितरण गर्न लागेकोमा हिजो झुनखुनवा टोलमा र आज बिहिबार अर्काे टोलमा बितरणको योजना रहेको तर अर्काे टोलका नागरिकमा सूचना प्रवाह नहँुदा विभेद भएको भन्दै बिवाद भएको गाउँपालिकाका अध्यक्ष श्री प्रसाद मुखियाले बताउनु भयो । सो गाउँपािलकामा २ सय २५ परिवारले ग्यास सिलिन्डर पाउने भएका छन् ।

तर बुधबार झडप भएपछि चुलो बितरण कार्य आज गर्ने मुखियाले जानकारी दिनुभयो । झडपमा घाइते भएकाहरुको उपचार जिल्ला अस्पताल गौरमा भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरिक्षक रविराज खड्काले जानकारी दिनुभयो । घाइते भएकाहरुमध्ये २ बालकलाई गम्भीर चोट लागेकोलले विरगञ्ज रिफर गरिएको जनाइएको छ । दुबै पक्षबिच सहमति जुटेपछि घटना सामान्य बनेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्