ट्रम्पविरुद्धका सबै पोष्ट हटाएर सम्बन्ध सुधार्दै मस्क ! – Kanika Khabar
Monday, July 14Nepali News Portal

ट्रम्पविरुद्धका सबै पोष्ट हटाएर सम्बन्ध सुधार्दै मस्क !

    मा प्रकाशित
FILE PHOTO: U.S. President Donald Trump and Elon Musk attend a press conference in the Oval Office of the White House in Washington, D.C., U.S., May 30, 2025. REUTERS/Nathan Howard/File Photo

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र विश्वकै धनि एलन मस्कबीचको विवाद मथ्थर भएको छ । मस्कले सरकारी दक्षता विभाग छोडेपछि आमने सामने भएका ट्रम्प र मस्कबीचको विवाद अब मथ्थर हुने संकेत देखिएको छ ।

मस्कले सामाजिक सञ्जालमा आफुले राष्ट्रपति ट्रम्पविरुद्ध गरेको पोष्टप्रति पछुतो रहेको उल्लेख गरेपछि दुवैवीचको विवाद रोकिने संकेत देखिएको हो ।

सो पोष्टपछि राष्ट्रपति ट्रम्पले मस्कको माफीको प्रशंसा गरेका छन् । ह्वाइट हाउसकी प्रवक्ता क्यारोलिन लेभिटले एक ब्रीफिंगमा पत्रकारहरूलाई जानकारी दिदै मस्कको सो पोष्ट प्रति राष्ट्रपति ट्रम्प सकारात्मक भएको बताएकी छन् ।

न्यूयोर्क टाइम्सले रिपोर्टका अनुसार मस्कले सामाजिक सञ्जालमा माफी पोस्ट गर्नुअघि राष्ट्र्पति ट्रम्पलाई फोन गरेका थिए ।

मस्कले अघिल्ला पोस्टहरूमा ट्रम्पको बारेमा धेरै बोलेको र ती कुराहरू धेरै हदसम्म पुगेको पनि बताएका थिए । साथै मस्कले राष्ट्रपति ट्रम्पको व्यापक कर र खर्च बिललाई घृणित भनिएका आफ्ना सबै पोस्टहरू पनि हटाएका छन् ।

ट्रम्प र मस्कबीच सरकारले ल्यायेको एक विधेयकमाथिको बहस हुदै जुन ५ मा सुरु भएको थियो, जब ट्रम्पले मिडियामा विद्युतीय सवारी साधन खरिद गर्ने कानूनमा कटौतीको समस्या मस्कलाई हुन थालेको बताए ।

त्यसपछि मस्कको एक पोस्टमा ट्रम्पको सम्बन्ध यौन अपराधी एपस्टाइनसँग जोडिएको बताउदै एक पोष्ट गरे । यसबाहेक, उनले ट्रम्पलाई महाभियोग लगाउने माग पनि गरेका थिए । ट्रम्पले जुन ७ मा एलोन मस्कसँगको आफ्नो सम्बन्ध समाप्त भएको बताएका थिए । यसपछि, ट्रम्पले मस्कलाई विपक्षी डेमोक्र्याटहरूलाई समर्थन गरेमा गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी समेत दिएका थिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्