चार महिनापछि खुले दाङका होटल – Kanika Khabar
Thursday, April 25Nepali News Portal

चार महिनापछि खुले दाङका होटल

    मा प्रकाशित

कनिका खबर
साउन १५, दाङ ।
लकडाउनका क्रममा बन्द भएका दाङका होटलहरु आजबाट सञ्चालनमा आएका छन् । सरकारले साउन ७ गतेबाट लकडाउन खोले पनि होटल भने स्वास्थ्य सुरक्षाका उपाय अपनाएर साउन १५ गतेबाट मात्र सञ्चालनमा ल्याउन सकिने निर्णय गरेअनुसार आजबाट देशभरका होटलसँगै दाङका होटलहरु पनि खुलेका हुन् ।
झण्डै चार महिनापछि खुलेका होटलहरु अब बिस्तारै लयमा फर्कन थालेका छन् । यद्यपि होटलहरुलाई पूर्ववत् स्पिड समात्न भने अझैं केही समय कुर्नुपर्ने देखिन्छ ।
स्वास्थ्य सुरक्षाप्रति उच्च सतर्कता अपनाएर आजबाट होटल सञ्चालनमा ल्याएको माला इन होटल प्रा.लि.का सञ्चालक ओविन्द्र महराले जनाए । उनले भने, ‘होटल सञ्चादन भए पनि कारोबार सामान्य रहेको छ ।’
कोभिड १९ को जोखिम अझै टरी नसकेका कारण स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर सेवा प्रदानको व्यवस्थापन गरेको होटेल सिटी प्लाजाका एमडी अरुणकुमार शर्माले बताए ।

Hotel City Plaza | Dang Directory
कोरोना भाइरसको जोखिम यथावत् रहेकाले स्वास्थ्य सुरक्षाको ख्याल गर्दै आजदेखि सेवा प्रदान गर्दै आएको होटल डोकोका म्यानेजर बसन्त जिएमले बताए । त्यस्तै भिङ्ग्रेली रिसोर्ट म्यानेजर प्रकाश पौडेल पनि स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर सञ्चालन गरेको बताए ।

Hotel in Dang - Hotel Doko Nepal - YouTube
१ सय २४ दिनपछि दाङका होटलहरु सञ्चालनमा आए पनि सेवाग्राहीहरुको भने निकै पातलो उपस्थिति रहेको होटल सञ्चालकहरुले बताएका छन् ।

Vingreli Village Resort, Mid-Western (+977 82-563749)

लामो दूरीका यातायातहरु सञ्चालनमा नआएका कारण पनि होटलमा सामान्य रुपमा चिया, कफी तथा खाजाका लागि निकै न्यून मात्रामा मानिसहरु आउने गरेको सञ्चालकहरुले बताए । लामो समयसम्मको लकडाउनका कारण होटलहरु आर्थिक मारमा परेका छन् ।

दाङको घोराही, तुलसीपुर, लमही तथा भालुवाङमा रहेका होटलहरु आजदेखि सञ्चालनमा आएका छन् । यसअघि साना होटलहरु फाटफुट्ट रुपमा सञ्चालनमा आइसकेका थिए । विशेष गरेर ठूला होटलहरु सञ्चालनमा आउन सरकारले अनुमति दिएको थिएन । लकडाउन सकिएको घोषणा गर्दै गर्दा साउन १५ देखि होटलहरुलाई सञ्चालनमा आउन अनुमति दिएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्