प्रथम एसइई भलिबलको उपाधि पाठशालालाई – Kanika Khabar
Monday, July 14Nepali News Portal

प्रथम एसइई भलिबलको उपाधि पाठशालालाई

    मा प्रकाशित


दाङ, १ असार ।
प्रथम एसइई भलिबलको उपाधि दाङको घोराहीस्थित पाठशाला एजुकेसन प्रालिले जितेको छ । शुक्रबार शनिबार घोराहीमा सञ्चालित प्रथम एसइई भलिबल प्रतियोगिताको उपाधि पाठशाला एजुकेसन प्रालिले जितेको हो ।
मेचीकाली सेकेन्डरी बोर्डिङ स्कुलले आयोजना गरेको प्रथम एसइई भलिबल प्रतियोगितामा दाङ जिल्लाका विभिन्न इन्स्टिच्युटमा ब्रिज कार्सको तयारी गरिरहेका एसइई दिएका विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

प्रतियोगितामा छात्रातर्फ पाठशाला एजुकेसन प्रालिको समूह ए प्रथम, आनन्द अक्याडेमी द्वितीय र पाठशाला एजुकेसन प्रालिको समूह बि तृतीय भएका थिए । त्यस्तै छात्रातर्फ पाठशाला एजुकेसन प्रालिको समूह बि प्रथम, पाठशाला एजुकेसन प्रालिको समूह ए द्वितीय र आनन्द अक्याडेमीको समूह तृतीय भएका थिए ।
प्रतियोगितामा १० वटा समूह सहभागी रहेका थिए ।

May be an image of 8 people, people playing soccer and text
‘एसइई दिएर बसेका विद्यार्थीलाई खेलसँग जोड्दै उनीहरुभित्र रहेको क्षमता प्रस्फुटनका लागि कार्यक्रमको आयोजना गरेको हौँ । शिक्षालाई खेलसँग जोड्नु आजको आवश्यकता हो । शिक्षा र खेललाई समानान्तर रुपमा अगाडि बढाउन आवश्यक छ । हरेक वर्ष यो प्रतियोगितालाई निरन्तरता दिने छौँ । ’ कार्यक्रमका अध्यक्ष तथा मेचीकाली सेकेन्डरी बोर्डिङ स्कुलका प्रिन्सिपल चक्रबहादुर रावतले बताए ।

प्याब्सन दाङका वरिष्ठ उपाध्यक्ष बीरेन्द्र चन्दको प्रम्ख आतिथ्यमा सम्पन्न कार्यक्रमको सहजीकारण मेचीकाली सेकेन्डरी बोर्डिङ स्कुलका इन्चार्ज नारायण घिमिरेले गरेका थिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्