दाङ ।दाङ महिला जेसीजको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत बिहीबार आयोजित मैत्रीपूर्ण फूटसल प्रतियोगितामा पत्रकार महिलाहरुको समूह विजयी भएको छ । प्रतियोगितामा पत्रकार, राजनीतिक दल, संघसंस्था र जेसीज गरी महिलाहरूका चार समूह सहभागी भएका थिए ।
पत्रकार महिला समूह र राजनीतिक महिला समूहबीच भएको प्रतिस्पर्धामा पत्रकार महिलाहरुले दुई गोल गरेका थिए भने राजनीतिक महिला समूहले एक गोल गरेको थियो । खेलको समापन दाङ महिला जेसीजका अध्यक्ष अनिता ढकालको अध्यक्षता तथा लुम्बिनी प्रदेशसभा सदस्य लोका विश्वकर्माको प्रमुख आतिथ्यतामा भएको थियो । दाङ महिला जेसीजले जेसीज सप्ताहको अवसरमा विभिन्न कार्यक्रम सम्पन्न गरेको कार्यक्रम संयोजक प्रज्ञा स्वर्णकारले जानकारी दिनुभयो ।
कार्यक्रममा जेसीज आस्था पाठ प्रकरण निर्देशक रेमन्ता पुनले गराउनुभएको थियो भने कार्यक्रमको सहजीकरण महासचिव भीमा डिसीले गर्नुभएको थियो ।