अज्ञात रोगले हुम्लामा ५० गाईबस्तु मरे, सयौ बिरामी – Kanika Khabar
Friday, April 26Nepali News Portal

अज्ञात रोगले हुम्लामा ५० गाईबस्तु मरे, सयौ बिरामी

    मा प्रकाशित

नवराज महतारा
साउन १५, हुम्ला ।
एक सातादेखि फैलिएको अज्ञात रोगले हुम्लाको चंखेली गाउँपालिकामा ५० गाइबस्तु मरेका छन् । अचानक गाईबस्तुको छाती सुनिने, घाँस नखाने, ¥याल छोड्ने रोगले अहिलेसम्म ६ भैसी, ६ दुहुना गाई र अन्य पशु मरेको चंखेली दुइ भट्टेबाडाका वृष धितालले जानकारी दिए । उनका अनुसार असार २० गते पछि फैलिएको उक्त रोगले अहिलेसम्म चंखेली गाउँपालिकाको दार्मा, मिमि, भट्टेबाडा लगायतका क्षेत्रका कृषकका ५० भन्दा बढी पशुवस्तु मरेको आफुले खवर पाएको बताए ।
विभिन्न गाउँबाट आएको खबर अनुसार एक सय भन्दा बढी पशुवस्तु बिरामी परेको उल्लेख गरेको धितालले गाउँपालिकाको पशुशाखामा औषधीका लागि गए पनि कोही पशु स्वास्थ्यकर्मी नभएकाले थप समस्या भएको स्थानीयको भनाइ छ । असार मसान्त लागेसँगै गाउँपालिकाबाट बाहिरिएका पशु स्वास्थ्यकर्मी गाउँमा नभएपछि बिरामी परेका पशुलाई तत्काल उपचार गर्ने व्यवस्था नभएको स्थानीय पदबबहादुर सिंहले बताए ।
बिरामी पशुको उपचारका लागि जिल्ला पशु सेवा कार्यालयमा खबर गर्दा पनि स्वास्थ्यकर्मी आउन ढिला गरेका कारण पनि मर्ने पशुको संख्या बढ्दै गएको स्थानीयको गुनासो छ । जिल्ला पशु स्वास्थ्य कार्यालय हुम्लाले चंखेली गाउँपालिकाका पशुवस्तुमा अज्ञात रोग फैलिएको खबर आएकोले तत्कालै पशु स्वास्थ्यकर्मीलाई औषधीसहित पठाउने काम भएको दाबी गरेको छ । गाउँपालिकाले पशुको औषधी खरिद नगरेकाले जिल्लाबाटै पठाउनु पर्ने हुँदा केही ढिला भएको जिल्ला पशु सेवा कार्यालय हुम्लाका प्रमुख ज्ञानेन्द्रसिंह बुढथापाले जानकारी दिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्