नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ५४ पुग्यो – Kanika Khabar
Friday, April 26Nepali News Portal

नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ५४ पुग्यो

    मा प्रकाशित

कनिका खबर
साउन १६, दाङ ।
कोरोना भाइरस (कोभिड–१९) का कारण वीरगञ्जम थप दुई जनाको मृत्युु भएसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ५४ पुगेको छ । वीरगञ्जमा ३५ र ६५ वर्षका पुरुषको हिजो उपचारका क्रममा मृत्यु भएको हो ।
वीरगञ्ज–१६ नगवाका ३५ वर्षीय पुरुषको गण्डक कोरोना अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । उनको उपचारकै क्रममा हिजो करिब ८ बजे मृत्यु भएको गण्डक अस्पतालका डाक्टर निरज सिंहले बताउनुभयो । वीरगञ्जमा घरमै मृत्यु भएका एक जनामा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ । वीरगञ्ज–२ छपकैयाका ६५ वर्षीय पुरुषको घरमै मृत्यु भएको जानकारी आएपछि नारायणी अस्पतालको टोलीले हिजो दिउँसो स्वाब सङ्कलन गरेको थियो । बेलुका ती व्यक्तिमा कोरोना पुष्टि भएको रिपोर्ट आएको हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्