कोरोना सङ्क्रमणको जोखिम देखिएका ठाउँ पूर्ण बन्द गरेर परीक्षणको दायरा बढाइने – Kanika Khabar
Saturday, April 20Nepali News Portal

कोरोना सङ्क्रमणको जोखिम देखिएका ठाउँ पूर्ण बन्द गरेर परीक्षणको दायरा बढाइने

    मा प्रकाशित

कनिका खबर
साउन १६, दाङ ।
लकडाउन अन्त्यको घोषणासँगै सरकारले विभिन्न क्षेत्रलाई खुला गर्ने निर्णय गरेसँगै कोरोना सङ्क्रमण झनै बढ्न थालेको छ । कोरोना सङ्क्रमण समुदायमा फैलिन थालेपछि सरकारले जोखिम देखिएका ठाउँलाई पूर्ण रुपमा बन्द गरेर परीक्षणको दायरा बढाउने भएको छ ।
कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र निर्देशक समितिको बैठकले कोरोना सङ्क्रमणको जोखिम देखिएका ठाउँ पूर्णरुपमा बन्द गरेर परीक्षणको दायरा बढाउने निर्णय गरेको छ । हिजो बसेको सीसीएमसी निर्देशक समिति बैठकले बन्दाबन्दी खुकुलो भएपछि सङ्क्रमण जोखिम रहेका ठाउँको अवस्था विश्लेषण गरी पीसीआर परीक्षणको दायरा बढाउने निर्णय गरेको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले आवश्यकताअनुसार सङ्क्रमण देखिएको ठाउँ बन्द गरेर पीसीआर परीक्षणको दायरा बढाउने निर्णय भएको बताउनुभयो । आगामी भदौ १ गतेबाट सुरु हुने सेवा क्षेत्र सञ्चालनका लागि आवश्यक स्वास्थ्य सुरक्षाका मापदण्ड तयार पार्न पनि बैठकले सम्बन्धित मन्त्रालयलाई जिम्मेवारी दिएको छ । बैठकले बन्दाबन्दी खुकुलो भएको केही दिनयताको परीक्षण नतिजा विश्लेषण गरी आगामी रणनीति तय गर्ने निष्कर्ष पनि निकालेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्